Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

बाघ निगरानिका लागि क्यामरा जडान

ज्याेति पन्थि बर्दिया कार्तिक १३ गते । बर्दिया जिल्लाकाे मधुवन नगरपमलिकाकाे भगरैयामा बाघले दिनहु मान्छे मार्न थाले पछि डिभिजन बन कार्यालय बर्दियाले जंगलमा क्यामरा जडान गरेकाे हाे । गत मंगलबार मधुवन ३ को भग्रैयामा बाघले आक्रमण गर्दा दुई जना मृ”त्यु भएको थियाे । अक्रमणमा मृ”त्यु हुनेमा मधुवन नगरपालिका–३ धनौराका २७ बर्षीय दिनेश थारु र साेहि स्थानका २६ बर्षिय रमेश चौधरीको रहेका छन । यस अघि पनि २८ वर्षिय गंगा बुढाको मृ”त्यु भएको थियो ।बाघले दैनिक जसाे आक्रमण गर्न थाले पछि पहिलाे चरणमा बाघकाे अनुगमन गर्नका लागि क्यामरा जडान गरिएकाे र त्यस पछि त्यसमा बढि जुन बाघकाे अवात जावत देखिन्छ त्यसकाे पहिचान गरि नियनत्रण गरिने डिभिजन बन कार्यालय बर्दियाका सहायक बन अधिकृत द्राेण शर्माले बताउनु भयाे ।