Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

चर्चित अभिनेत्रि रंगेहात पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।
हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास गरेको छ । यस घटनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन युवतीहरुलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

जानकारीका अनुसार क्राइम ब्रान्चको टोलीले शुक्रवार दिउँसो एउटा पाँच तारे होटेलमा छापा लिएको थियो । प्रहरी टोलीका सदस्यहरूलाई ग्राहकका रूपमा होटल पठाइएको थियो, जहाँ उनीहरूले यस्तो कार्यको डीलरहरूलाई भेटेका थिय ।

यस पछि, प्रहरीले छापा लियो । महिलालाई घटनास्थलबाट उद्धार गरियो । प्रहरीले पक्राउ गरेका तीन महिलामध्ये एक जना बलिउड चर्चित अभिनेत्री हुन् । उनीमाथि बलिउड र टिभी शोहरुमा काम गर्ने महिला कलाकारलाई ठूला होटेलहरुमा यस्तो व्यापारका लागि ल्याउने गरेको आरोप पनि लागेको छ ।

एक बलिउड बेली डान्सर र दुई टिभी सीरियल कलाकारहरूले होटलमा आफ्नो व्यापारका लागि १६ लाख रूपैयाँ (नेरु) मा सम्झौता गरेको आरोप छ । प्रहरीले तुरुन्तै यस खरिद बिक्रिको पर्दाफास गरेर कारवाही शुरू गरेको छ ।

बलिउड चर्चित अभिनेत्री र डान्सरहरु पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन । मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ । Social News Source