Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

विपी कोइराला युवा नेतृत्व विकास मञ्च सल्यानको अध्यक्षमा गिरि मनोनित

 

सल्यान असोज २३

जननायक विपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्च सल्यानको अध्यक्षमा घनश्याम गिरिलाई  जिम्मेवारी दिईएको हो ।
वीपीका विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ विपीका विचारलाई आत्मसाथ गरी अघि बढाउनका लागि मञ्चले सल्यानको अध्यक्षमा
घनश्याम गिरि मनोनित गरेको पत्रमा केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले जिम्मेवारी दिनुभएको हो । अध्यक्षमा मनोनित भएपछि गिरिले आगामी  दिनहरुमा यस संस्थालाई अगाडि बढाउन आफुले सबै प्रयास गर्ने बताउनुभयो ।