बिहिबार देखि स्वास्थ्य मन्त्रालयले काराेना ब्रिफिङ नगर्ने

काठमाडौं कार्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने जानकारि गराएकाे छ ।

नेपालिहरूकाे महान पर्व दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार गरिएकाे थियाे । मंगलबार काेराेना संक्रमण सम्बन्धि जानकारि गराएकाे भए पनि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal