अन्तर्राष्ट्रिय समाचार
काेराेना बढि रहदा भारतकाे बिहारमा चुनाव
भारत १२ कात्तिक । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणकै समयमा भारतको बिहारमा विधानसभा चुनाव सुरु भएको छ ।
बिहार विधानसभा चुनावको पहिलो चरणको चुनाव अन्तर्गत ७१ सिटका लागि मतदान हुनेछ । पहिलो चरणमा हुने ७१ सिटका लागि १ हजार ६६ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा झन्डै २ करोड १४ लाखभन्दा बढी मतदाताले भोट खसाल्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
१६ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि कोरोना महामारीलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड लागू गरिएको छ । चुनावमा आरजेडी, एलजेपी, आरएलएसपी, जेडीयू, बीजेपी, बीएसपी, काँग्रेस र एनसीपीले सहभागिता जनाउँदैछ ।