Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दशैमा टिका थाप्न जादा तिन जनाकाे मृ”त्यु

काठमाडौं । दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका -५ सोह्रखानीमा दुर्घटना हुँदा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घ”टनास्थलमै मृ’त्यु भएको छ ।

त्यस्तै दु’र्घटनामा घाइते हुनेहरुमा बृहस्पतिका पति २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई रहेको प्रहरीले जनाएको छ । घा’इतेहरुको उ”द्धार गरेर अस्पताल भर्ना गरिएको छ । फाइल तस्बिर