अन्तर्राष्ट्रिय समाचार
भारतद्वारा युद्वकाे चेतावनि
एजेन्सि कार्तिक १२ । भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अब भारत, आफ्नो भूमिमा मात्र होइन, ख’तरा महसुस भयाे भने अन्य देशको भूमिमा पनि प्रवेश गरेर यु’द्ध गर्ने चे’तावनी दिएका छन्।
भारतले यसभन्दा अघि कहिल्यै पहिले कसैलाई आ’क्रमण नगरेकाे तर नयाँ रणनीतिक सोचले ख’तरा देखिएकाे ठाउँमा पहिले कारबाही गर्नुपर्ने थियो भन्ने देखाएकाे बताएका हुन्।
उनले कसैको नाम नलिईकन भने, ‘याे जरुरी छैन कि हामी तपाईंले चाहेको ठाउँमा यु’द्ध गराैँ। भारत त्यहाँ यु’द्ध गर्छ, जहाँ ख’तरा देखिन्छ।’ डोभालले यसलाई नयाँ भारतको सोच भनेका छन्।
द टाइम्स अफ इन्डियाका अनुसार आधिकारिक स्रोतले भने डोभालकाे याे भनाइ वर्तमान सन्दर्भमा कुनै देशवि’रुद्ध नभई ऐतिहासिक सन्दर्भमा उल्लेख गरेकाे दाबी गरेकाे छ।