Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बढैयाताल उप प्रमुखलाई काेराेना संक्रमण पुष्टि

कार्तिक १२ । बर्दिया स्थित बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि कोरोनाको लक्षण र संखा लागे पश्चात् हिजो स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी उपप्रमुखले दिनु भएको छ। उहाँ नेपालमा कोरोना संक्रमणको पहिलो चरणबाटै बढैयाताल गाउँपालिकाको आइसोलेसन वार्डमा निर्माण ,व्यवस्थापन र निगरानीमा लागि पर्नु भएको थियो।                    पुरै देश नै कोरोनाको कहरमा आत्तिरहेको बेला उपाध्यक्ष ज नियमित रूपमा गाउँपालिकाको कार्यालय गई सेवा प्रदान गरिरहँदा र कोरोना नियन्त्रणका निम्ति अग्रह स्थानमा रहेर महत्वपूर्ण भूमिका खेल्ने क्रम उहाँ संक्रमित हुन पुग्नु भएको हो। अहिले भने उपप्रमुकखको स्वास्थ अबस्था भने सामान्य रहेको जान्कारी दिनु भएको छ भने आफू आत्मबल बलियो बनाएर बसेकाले कोरोनासङको लडाइँ सजिलै जिति छिट्टै फेरि आफ्नो काममा फर्केर आम जनताको सेवामा लाग्ने जनाउनु भएको छ।अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ उहाँ घरमै होम आइसोलेसनमा बस्नु भएको छ ।