Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

जुवाखालबाट वडा अध्यक्ष पक्राउ

बझाङ, कात्तिक १२ ।जुवा अड्डाबाट जनप्रतिनिधि पक्राउ परेकाे जानकारि प्राप्त भएकाे छ । त्यस्तै गरि बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपैयाँसहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

दीपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको उहाँको भनाइ छ । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।