Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

नेकपामा चुलिदाे बिवाद केन्द्रिय कमिटि बैठक समेत अनिश्चित

काठमाडौं, ११ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः विवादमा अल्झिएको छ । पार्टीभित्र बढ्दो विवादसँगै कोरोना महामारीको बहानामा कात्तिक १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पनि अनिश्चित भएको छ ।

नेकपामा यतिवेला भित्र-भित्रै अधिकारकै बाँडफाँटको कुरालाई लिएर भुसको आगो जसरी विवाद बढ्न थालेको छ । भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

यसलाई सचिवालय बैठकले पनि अनुमोदन गरेको थियो । तर, अध्यक्षद्वयबीच पुनः चिसोपना बढेपछि नेकपाको ठूलो इकाई केन्द्रीय कमिटी अनिश्चित जस्तै बनेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने भयका कारण बैठक अनिश्चित पारेको अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटहरु बताउँछन् ।

अध्यक्ष ओली कोरोना महामारीलाई देखाउँदै बैठक नबोलाउने पक्षमा उभिएका छन् । दुई अध्यक्षबीच अधिकार बाँडफाँटकै विषयमा पुनः विवादका रेखाहरु कोरिन थालेका छन् । सरकार र पार्टीबीच कतिपय विषयमा भिन्न मत रहेका छन् ।

वक्तव्यबाजी पनि चल्न थालेको छ । पछिल्लो परिस्थितिमा पुनः अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालहरु एक ठाउँमा देखिएका छन् । प्रधानमन्त्रीले असोज १५ गते राजदूत सिफारिस र मुख्यसचिव नियुक्त गरेपछि नेकपामा पुनः विवाद चर्कियो । त्यसैबेला बोलाइएको सचिवालय बैठक अनिश्चित बन्यो ।
बल्लतल्ल असोज २० गते बोलाइएको सचिवालय बैठकले ठोस निर्णय गर्न सकेन । अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनका लागि म्यान्डेट दिइएपनि कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरेका थिए ।
यहाँबाट अध्यक्षद्वयबीच विवाद चुलियो । त्यस लगतै कर्णाली प्रदेशमा पूर्वमाओवादी नेता रहेका महेन्द्रबहादुर शाहीलाई ओली निकट नेता यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई अध्यक्षबीचको विवाद सतहमा देखियो ।दुबै अध्यक्षले फरक–फरक निर्देशन जारी गर्दै पत्राचार नै गरे । अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक हटाउने लगायतका निर्णय नगर्न पत्राचार गरे भने अध्यक्ष दाहालले कँडेल समूहलाई अविश्वासका प्रस्ताव फिर्ता लिन निर्देशन दिए ।

दुबै अध्यक्षले फरक–फरक निर्देशन जारी गर्दै पत्राचार नै गरे । अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक हटाउने लगायतका निर्णय नगर्न पत्राचार गरे भने अध्यक्ष दाहालले कँडेल समूहलाई अविश्वासका प्रस्ताव फिर्ता लिन निर्देशन दिए ।

यो विवाद जारी रहँदै गर्दा पर्सा विन्दवासीनी गाउँपालिकामा पार्टी कमिटी सदस्यहरुबीचको झडपमा वडा सचिवको मृत्युपछि कारवाही गर्न अध्यक्ष दाहालले सरकारसँग माग गरेको पत्र सार्वजनिक भयो ।

पछिल्लो पटक आइपुग्दा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीले भेट गरेकोमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नै असन्तुष्टि जनाए । यसले पनि अध्यक्षद्वयबीचको बढ्दो विवादलाई थप मलजल ग-यो ।

अहिले अध्यक्षद्वयबीच छलफल नै हुन नसकेको दुबै पक्षले उल्लेख गरेका छन् । अध्यक्षद्वयबीचको विवादले केन्द्रीय कमिटी बैठक मात्र होइन, एकताको महाधिवेशन नै प्रभावित हुने नेकपावृत्तमा चर्चा रहेको छ । स्राेत न्युज 24