Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दशै मानेर फर्कदा भयानक दु”र्घटना

काठमाडौ । मान्यजनकोबाट दशैँ मानेर फर्किने क्रममा काठमाडौं, सिन्धुली, रुपन्देही, चितवन, कैलाली र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृ,त्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा बा. ८४ प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३(०२) ०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किएर सोमबार दिउँसो दु,र्घटना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका–२ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृ,त्यु भएको छ । दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृ,त्यु भएको हो ।

सिन्धुली, कमलामाई नगरपालिका–१ चम्राहीस्थित सडकमा प्रदेश ३(०२)०१० प ६७६६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोष भुजेलकी छोरी ९ वर्षीया समिता भुजेलको सोमबार दिउँसो मृ,त्यु भएको छ ।

दु,र्घटनामा ग,म्भीर घा,इते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृ,त्यु भएको हो । साथै दु,र्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने उमेश भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, रोहिणी गाउँपालिका–३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दु,र्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका–३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृ,त्यु भएको छ ।

दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृ,त्यु भएको हो । साथै दु,र्घटनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्र,हरीले खोजी गरिरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका–१० भानु चोकमा प्रदेश ०३ –००१ ख १९९ नम्बरको बसले प्रदेश २(०३)००२ प २८१६ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक रत्ननगर नगरपालिका–२ बस्ने २२ वर्षीय बिपन क्षेत्रीको मृ,त्यु भएको छ ।