Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

तिन महिना पछि एकै दिन ७ हजारकाे मृ~त्यु

एजेन्सी, कात्तिक १२ । काेराेना संक्रमण फैलिएकाे करिव सात महिना भयाे याे,समयमा मानिसहरूकाे ज्यान जाने क्रम राेकिएकाे छैन । तीन महिनापछि विश्वभर एकैदिन ७ हजारभन्दा धेरै संक्रमितको मृ~त्यु भएको छ ।यसअघि ५ अगष्टमा एकैदिन विश्वभर सात हजार ४८ जनाको मृ~त्यु भएको थियो। अक्टोबरमा २१ तारिख सबैभन्दा धेरै ६ हजार ८४९ जनाको मृत्यु भएको थियो। विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो। उक्त दिन आठ हजार ५१४ जनाको मृ~त्यु भएको तथ्याङ्क छ।

हिजो सबैभन्दा धेरै अमेरिकामा १०३७ जनाको मृत्यु भएको छ। अक्टोबरमा दोस्रोपटक अमेरिकामा मृ~तकको संख्या एकैदिन एक हजार नाघेको हो।त्यस्तै मंगलबार ब्राजिलमा ५३०, फ्रान्समा ५२३ र भारतमा ५१९ जनाको मृत्यु भएको छ। फ्रान्समा संक्रमित र मृ~तकको संख्या अकस्मात बढ्न थालेको हो।

हिजो विश्वभर चार लाख ५७ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ। अघिल्लो साताभन्दा युरोपमा ४० प्रतिशतले संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन्। स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ। जाडो महीना सुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो