रोचकसमाचारस्वास्थ्य/ जिबनशैली

बैज्ञानिकले पत्ता लगाए काेराेना नष्ट गर्ने सजिलाे उपाय

काठमाडौं । अमेरिकाका वैज्ञानिकले मुखमा रहेका कोरोना भाइरस नष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्। त्यहाँस्थित पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि कोरोना निष्क्रिय पार्न सकिने दाबी गरेका हुन्। मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका कोरोना भाइरसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट पुष्टि भएको उनीहरूको दाबी छ।वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म कोरोना भाइरस निष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।          जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गरगर गर्दा ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।कोरोना संक्रमण भएका तथा क्वारेन्टिनमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

दैनिक भास्करमा प्रकाशित खबरअनुसार पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म कोरोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’

उनका अनुसार ओरल एन्टिसेप्टिक र माउथवास सजिलै पाइने कुरा हुन् भने यो मानिसले दैनिक प्रयोग गर्ने चिज पनि हुन्। जुन प्रयोग गरेर मुखमा रहेका भाइरसको संख्या निकै घटाउन सकिने उनको भनाइ छ।विज्ञका अनुसार नाक र मुख नै कोरोना भाइरस शरीरमा प्रवेश गर्ने प्रमुख मार्ग हुन्।
यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा सं’क्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको छ । संगठनले यो नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी कोरोना भाइरसका कारण मारिएकाको संख्या १० लाख पार भइसकेको छ।

डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर अर्थात् ५८७ नेपाली रुपैयाँ पर्दछ र यसले ती देशलाई फाइदा हुनसक्छ जहाँ स्वास्थ्यकर्मीको कमी छ र प्रयोगशाला पनि कम छन् । संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ । विश्व स्वास्थ्य संगठनले यो परीक्षणको निकै तारिफ गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ । यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ ।’ औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जताएका छन् ।

यो सम्झौताको फाइदा संसारका १ सय ३३ देशलाई हुनेछ जसमा ल्याटिन अमेरिकाका थुप्रै देश समावेश छन् । यी देश म’हामारीले नराम्रोसँग प्रभावित छन् । पत्रकारसँगको कुराकानीमा डा टेडरोसले भने, ‘परीक्षणको हिसाबले र अत्यधिक प्रभावित इलाकाका लागि यो एक महत्वपूर्ण उपलब्धि साबित हुनेछ ।’ उनले भने, ‘यो परीक्षणले धेरैभन्दा धेरै मानिसहरुको परीक्षण हुनेछ । यो ती इलाका र देशका लागि निकै महत्वपूर्ण साबित हुनेछ जहाँ परीक्षण गर्नका लागि प्रयोगशालासमेत प्रशिक्षित स्वास्थ्यकर्मीको कमी छ ।’

त्यस्तै कोरोना सं’क्रमणले जीवनभरीका लागि श्रवण शक्ति न’ष्ट पारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ। बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको बीबीसीले जनाएको छ। यसको सं’क्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्ने अनुसन्धानमा उल्लेख छ। बेलायतमा एउटा यस्तै घ’टना भेटिएको छ।

अनुसन्धानकर्ताका अनुसार सं’क्रमणपछि स्टेरोयड औषधि दिएपछि यसको असर न’कारात्मक हुनसक्छ। यो बहिरोपनको रुपमा पनि देख्ने गर्छ। यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन। थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल सं’क्रमणको मामिलामा यस्तो हुनेगर्छ।मुख्य अनुसन्धानकर्ता डेभिड जोलिफ भन्छन् परीक्षणले भिटामिन ‘डी’ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको ‘निश्चित् जबाफ दिने सम्भावना छ।’‘भिटामिन ‘डी’को उपयोग गर्न थोरै मूल्य पर्छ, यसको प्रयोगको थोरै जोखिम छ अनि यदि प्रभावकारी प्रमाणित भए यसले कोरोना भाइरसवि’रुद्ध संसारको लडाइँमा निकै बल पुग्नेछ,’ उनले भने।

भिटामिन ‘डी’को प्रयोग निकै सुरक्षित मानिए पनि हरेक दिन तोकिएको भन्दा धेरै लिने गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्छ। म’हामारीका बेला धेरै मानिस घरभित्रै बस्दा कतिपयमा भिटामीन ‘डी’को कमी हुन सक्छ।घाममा बन्ने भिटामीन स् साधारणतया धेरै मानिसले घरबाहिर समय बिताउँदा सूर्यको किरणबाट छालामार्फत् भिटामिन ‘डी’ प्राप्त गर्छन्।

ब्रिटेनको स्वास्थ्य सेवा एनएचएसले मानिसहरूलाई यदि धेरै समय घरभित्रै बिताउने गरिएको छ भने प्रतिदिन १० माइक्रोग्राम भिटामिन ‘डी’ खान सुझाव दिएको छ।म’हामारीभन्दा पहिले पनि त्यहाँ मानिसहरूलाई अक्टोबरदेखि मार्चसम्म भिटामिन ‘डी’ लिन भनिएको थियो।

यो महामारीले कहिल्यै नछोड्ला, ज्वरोले फेरि सताउला, स्याँस्याँ होला, खोप प्रभावकारी नहोला, लकडाउन होला वा अनन्त कालसम्म यो त्रास रहला भन्ने सोचेरै मानिसहरू दिक्क भइसके। मान्छेका यी दिक्दारी र शंकालाई अमेरिकाको नेवाडा राज्यमा गरिएको एक अध्ययनले निवारण गर्न खोजेको छ। २५ वर्षीय पुरूषमाथि गरिएको अध्ययनका आधारमा सोमबार प्रतिवेदन पनि प्रकाशन भएको छ।

नाम उल्लेख नगरिएका ती पुरुष फेरि कोरोना भाइरस सं’क्रमण भएर दोश्रोपटक बिरामी भए। जबकि एकपटक सं’क्रमित भइसकेकालाई उसको शरीरको रोग प्र’तिरोधात्मक शक्तिले बचाउन अभ्यस्त हुने ठानिन्छ।हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा सं’क्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छ। त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण समाचारका रूपमा लिन्छन्।

हालसम्म विश्वभर ३ करोड ८० लाखभन्दा बढीमा सं’क्रमण देखिए पनि यसरी दोहोरिएर देखापर्ने प्रवृत्ति विरलै छ। त्यसैले विज्ञहरू यसलाई महत्वपूर्ण समाचारका रूपमा लिन्छन्। विज्ञहरूका अनुसार सोमबारसम्म त्यसरी दोहोरिएर देखिएको र वैज्ञानिक पुष्टि भएका घ’टना मु’श्किलले पाँच वटा पुगेको छ।‘यो असाध्यै थोरै हो, संसारभरी देखिएको सं’क्रमणका आधारमा यसलाई ठूलो भाँडोभर अटाएको दूधमध्ये एक थोपा भन्न सकिन्छ,’ न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीकी संक्रामकरोग विशेषज्ञ एन्जेला रासमुसेन भन्छिन्।दोश्रोपटक देखिएको सं’क्रमणमा असाध्यै सामान्य लक्षण देखिएको पाइएको छ। त्यसलाई नगन्य भन्दा पनि हुन्छ। तर, तीन जना जति, त्यसमा पनि इक्वेडरका सं’क्रमितमा यो दोहोरिँदा पहिलोपटक भन्दा झनै ड’रलाग्दो देखिएको थियो। त्यसैगरी नेदरल्यान्ड्सकी एक ८९ वर्षीया महिलाको दोश्रोपटकको संक्रमण झेल्ने बेलामा मृ’त्यु भएको थियो। यस्ता आक्कलझुक्कल देखिने केसहरूले सं’क्रमण फेरि दोहोरिन सक्छ भन्ने देखाइरहेको अनुमान एल विश्वविद्यालयकी रोग प्रतिरोधात्मक विशेषज्ञ अकिको इवासाकी लगाउँछिन्। सोमबार ‘लान्सेट इन्फेक्सियस डिजिज’मा प्रकाशित नेवाडाको प्रतिवेदन तयार पार्दा अकिकोले त्यसमा टिप्पणी लेखेकी छिन्।

‘कुनै कुनै व्यक्तिलाई यो दोहोरिन पनि सक्छ भनेर थाहा पाइराख्नु जरुरी छ। अझ केही मामिलामा त यो दोश्रो पटकमा झनै खतरनाक देखिन सक्छ,’ डा अकिको भन्छिन्, ‘यो सं’क्रमणबाट एकपटक निको भइसकेका मानिसले पनि मास्क लगाइरहनु र भौतिक दुरी कायम राख्नु जरुरी छ।’

Related Articles

Back to top button