सोमबार , अषोज ४, २०७८

दु:खद खबर:बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

अषोज २३, २०७७ शुक्रबार 17

दु:खद खबर:बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

बैतडी असोज २३

बैतडीमा शुक्रबार जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले बताए।
जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान १० बजेतिर भएको हो।