Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

च्याम्पियन्स लिग बराबरिमा राेकियाे

काठमाडौँ, कात्तिक १२ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति मोन्चेंग्लावाचको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै ‘समूह बी’मा अंक बाँडेका हुन् । मोन्चेंग्लावाचका लागि खेलको ३३ र ५८ औं मिनेटमा मार्कुस थुरामले गोल गरे ।

पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा संघर्षपूर्ण बराबरीमा रोकिएको छ । रियलले अब च्याम्पियन्स लिगको अर्को खेल इन्टर मिलानविरुद्ध खेल्ने छ ।यस्तै रियललाई बराबरीमा ल्याउन ८७ औं मिनेटमा करिम बेन्जेमा र इन्जुरी समयमा कासेमेइरोले गोल गरे ।