Sunday, October 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सल्यान प्रहरी द्रारा अबैध घरेलु मदिरा नष्ट

असोज २३, सल्यान
मनोज डाँगी

ईलाका प्रहरी कार्यालय सल्लीबजार सल्यानले अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
बिहिवार ४ न वडाको गर्चेबाट ४० लिटर घरेलु मदिरा नस्ट गरेको छ । पछिल्लो चरमा दिनहुँ झैझगडा बढ्न थाले पछि मदिरा सेवन गर्ने र बिक्री वितरणमा कडाइ हुन थालेको छ । दिउँसो मदिरा सेवन गरी सडकमै पल्टने, समाज तथा घरपरिवारमा झैझगडा हुने गरेको उजुरी धेरै आउने गरेको भन्दै ईलाका प्रहरी कार्यालय सल्लिबजारले मदिरा सेवन गर्ने र विक्रिवितरणमा कडाइ सुरु गरेको हो । चाडपर्व नजिकै गर्दा ईलाका प्रहरी कार्यालयको टोलिले घरेलु मदिरा नस्ट तीव्रता दिएको छ ।
जस अनुसार असोज ४ गते सल्लीबजारबाट ४० लिटर मदिरा ९० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ नस्ट गरेको थियो भने ६ गते आपखोली ६५ लिटर मदिरा र २५ लिटर कच्चापदार्थ बरामद गरि स्थानीय बजार गाउँघरमै पुगि मदिरा जन्य पदार्थ नष्ट गर्न थालेको छ । जिल्लामा मदिरा विक्रि वितरणमा कडाइ गर्ने जिल्ला प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छ्न । साथै सो कार्यमा प्रयोग हुने भाडाकुडा समेत नष्ट गरिएको छ ।
यस्तै जिल्लाको बागचौर नगरपालिकामा पनि भारी मात्रामा घरेलु मदिरा तथा मदिरा निर्माणमा प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको छ । बागचौर नगरपालिका वडा नं ३ रारेचौर बजारमा घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरिएको हो । घरेलु मदिरा लाई निर्मुल गर्ने अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय सिमखोली(. बाङ्गेलाखुरी) बाट खटिएको टोलिले उक्त बजारमा छापा मारी लुकाईराखेको अवस्थामा रहेको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ गरि करिव ४९५ लिटर मदिरा बनाउन योग्य जाँड, ९५ लिटर मदिरा र ७ किलो मदिरा बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको हो ।
मदिराका कारण समाजमा विकृति फैलने हुँदा मदिराको प्रयोग नगर्न स्थानीहरुलाई सुझाव दिदै टोलीको नेतृत्व गरेका प्र ह विमल कुमार शाही ले अब घरेलु मदिरालाई निषेध गर्नु पर्ने बताएका छ्न ।