Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

सं’रक्ष’ण’का नाममा मान्छे मा’र्ने काम भयाे – नगर प्रमुख क्षेत्रि

ज्याेति पन्थि बर्दिया कार्तिक ११ ।                                    मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रिले सं’रक्षणका नाममा जनता मा~र्ने काम भई रहेकाे आाराेप लगाउनु भएकाे छ । मधुवन नगरपालिकामा एक साता भित्र पाटेबाघले तिन जनाकाे ज्यान लिए पछि आक्राेसित नगर प्रमुखले साे आराेप लगाउनु भएकाे हाे ।मंगलबार मधुवन नगरपालिका वडा नं ३ भग्रैया गाउ बस्ने २७ बर्षिया दिनेश थारू र रमेश चाैधरिलाई बाघकाे आक्रमणमा परि मृ~त्यु भएकाे छ भने केहि दिन अघि मात्र साेहि स्थानमा घास काट्ने क्रममा २८ बर्षिया गंगा बुढाकाे मृत्यु भएकाे थियाे । पटक पटक स्थानियलाई बाघले आक्रमण गर्दा पनि संरक्षणका नाममा जनताले ज्यान गुमाउनु परेकाे अाराेप नगर प्रमुख क्षेत्रिले लगाउनु भएकाे छ                                     संरक्षण गर्न मानिसकाे ज्यान बच्नु पर्छ ज्याननै नरहे संरक्षणकाे कूनै अर्थ हुदैन नरभक्षि बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले नियनत्रणमा लिनु पर्ने समेत उहाले बताउनु भयाे । मधुवन नगरपालिकाकाे वडा नं ३ मा एक सातामा तिन जनाकाे मृत्यु भई सकेकाे छ भने स्थानिय समेत त्रसित भएका छन । स्थानियले निकुञ्जले बाघ नियनत्रणमा नलिए आन्दाेलनमा उत्रनुकाे किकल्प समेत नरहेकाे बताएका छन ।