Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

बाघकाे अक्रमणमा दुई जनाकाे मृ”त्यु

बर्दिया कार्तिक ११ – मधुवन नगरापालिका क्षेत्रमा पछिल्लाे समय बाघकाे आक्रमण बढेकाे छ । मंगलबार मधुवन ३ को भग्रैयामा बाघले आक्रमण गर्दा दुई जना मृ”त्यु भएको छ ।मृ”त्यु हुनेमा मधुवन नगरपालिका–३ धनौराका २७ बर्षीय दिनेश थारु र साेहि स्थानका २६ बर्षिय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डि सामुदायिक बनमा दिनेश चौधरी बाख्रा चराउन गएका र उनी घर नफर्किएपछि उनलाई सामुदायिक बनमा खोज्दै जाँदा दिनेश चौधरीलाई समेत बाघले आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुृर रावतले जानकारी दिनुभयो । केही दिन अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन नगरपालिका–३ भगरैया बस्ने २८ वर्षिय गंगा बुढाको मृ”त्यु भएको थियो । यसै बिच पछिल्लाे समय बाघकाे आक्रमण बढन थाले पछि मधुवन नगरपालिकका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले असुरक्षित भएर जंगल भित्र प्रवेश नगर्न अनुराेध गर्नु भएकाे छ ।