सोमबार , अषोज ४, २०७८

जुुवा खालबाट वडा अध्यक्ष पक्राउ

कार्तिक ११, २०७७ मंगलबार 15

जुुवा खालबाट वडा अध्यक्ष पक्राउ

गुल्मी कार्तिक ११। चाडपर्वको अवसरमा प्रहरीले सुरक्षा सतर्कतामा विशेष ध्यान दिएको बताइरहदा विभिन्न स्थानहरुमा प्रहरीले ड्युटिमा कडाई गरेको छ । चाडपर्वको समयमा जुवातास खेल्ने, जाँड रक्सी सेवन र चोरी तथा झगडाका घ’टनाहरु विगतका बर्षहरुमा अलिक बढी हुने गरेका थिए ।

कोरोना त्रासबिच मनाउँदै गरिएको यसबर्षको दशैंको अवसरमा मानिसहरुको त्यति चहल पहल र अन्य घटनाहरु नभएको भएपनि विभिन्न ठाउँठाउँबाट जुवाडेहरु प’क्राउ परेको खबरहरु भने आइरहेका छन ।

जाँड रक्सि सेवन गरेर सवारी साधन चलाउने, भिडिभाड गर्ने र जुवातास खेल्नेहरुलाई प्रहरी नियन्त्रण लिएको खबरहरु समेत प्राप्त भएका छन । त्यसैबिच स्थानीय जनप्रतिनिधिहरुलाई नै प्रहरीले नियन्त्रकणमा लिएको खबर समेत आएको छ ।
दशैंको बाहनामा जुवा खेलिरहेको अवस्थामा गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे नेतृत्वको ११ जना जुवाडे टोलीलाई प्रहरीले हिजो साँझ नि’यन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।
ठूलो जुवा चलिरहेको भन्नेबारे प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा उक्त स्थानमा प्रहरीले गरेको तलासीका क्रममा उनीहरु रंगेहात प’क्राउ परेका हुन । वडा अध्यक्ष पाण्डें नेतृत्वको जुवाडे टोली रेसुङ्गास्थित होटल एभरग्रीनबाट प’क्राउ परेको हो ।

उनीहरुको साथबाट ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । प’क्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको बताइएको छ ।