Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

कक्षा १२ काे परिक्षामा हेल्थ डेस्क राखिने

काठमाडौं, कात्तिक १२ । सरकारले मंसिरमा सञ्चालन गर्न लागेकाे कक्षा १२ को परीक्षामा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएकाे छ । प्रत्येक परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य स्थापना गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षार्थीलाई कोरोना भाइरस संक्रमण हुन नदिन साे व्यवस्था लागू गरिएकाे हाे ।
यसपालि काेराेनाकै कारण विद्यार्थी पढिरहेकै विद्यालयमा परीक्षा केन्द्र बनाइने र प्रत्येक केन्द्रमा स्थानीय तह र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरेर हेल्थ डेस्क राख्नुपर्ने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ मा उल्लेख छ ।