Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

खैरापुरमा नाला सफाई गर्दा पेस्ताेल बरमद

बर्दिया कार्तिक ११ । बर्दिया जिल्लाकाे सदरमुकाम गुलरिया स्थित खैरापुरकाे तिकुनिया चाेक नजकैबाट प्रहरिले पेस्ताेल बरमद गरेकाे छ । बरामद गरिएकाे पेस्ताेल सडक किनारमा रहेकाे नालामा भेटिएकाे हाे । घर अगाडि सडककाे नाला सफा गर्ने क्रममा पेस्ताेल देखे पछि स्थानियले प्रहरिलाई खवर गरेका थिए । पेस्ताेल कसले छाेडेकाे हाे भन्ने अहिले सम्म पत्ता लाग्न सकेकाे छैन । मंगलबार बिहान फेला परेकाे पेस्ताेल ईटलिमा बनेकाे र स्वचालित भएकाे बुझिएकाे छ भने पेस्ताेल द्वन्दकालकाे समयमा कसैले छाेडेकाे हुन सक्ने आशंका समेत गरिएकाे छ ।