Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

काेराेना नियन्त्रण गर्न नसक्ने भन्दै अमेरिकाले गर्याे आत्मसमर्पण

वाशिङ्टन,कात्तिक ११ । पछिल्लो समय संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पका एक वरिष्ठ सहयोगीले अमेरिकाले कोरोना महामारीलाई नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचनको ९ दिनअघि कोरोना संक्रमण तीब्ररुपमा बढ्न थालेपछि व्हाइट हाउसका चीन अफ स्टाफ मार्क मिडोजले अमेरिकाले कोरोना महामारीलाई नियन्त्रण गर्न नसक्ने बताएका हुन् ।

उनले कोरोना संक्रमणलाई कम संक्रमित क्षेत्र पहिचान गरी खोप र उपचारजस्ता विधिले मात्रै परास्त गर्न सकिने पनि बताएका छन् । यता अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उमेद्वार जो बाइडेनले ह्वाइट हाउसले पराजित भएको स्वीकार गर्दै आत्मसमर्पण गरेको बताएका छन् ।

विश्वकै सबै भन्दा बढी कोरोना संक्रमण प्रभावित देश अमेरिका हो । वल्र्डोमिटर्सका अनुसार हालसम्म अमेरिकामा संक्रमितको कुल संख्या ८८ लाख ८९ हजार ५७७ पुगेको छ । यसैबीच २ लाख ३० हजार ५१० संक्रमितहरुको मृत्यु भइसकेको छ ।

त्यस्तै, ५७ लाख ७२ हजार ७१७ संक्रमितहरु उपचारपछि कोरोनामुक्त भइसकेका छन् । हाल अमेरिकामा २८ लाख ८६ हजार ३५० वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । (एजेन्सीको सहयोगमा)