Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

भारतिय कलाकार प्रीतिका पक्राउ

कात्तिक ११ । सुशान्तसिंह राजपुत प्रकरणमा ड्रग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि नियन्त्रणमा लिएको छ । एनसीबीले आइतबार (हिजो) प्रीतिकालाई ड्रग पेडलरसँग ड्रग्स लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रीतिकाले सावधान इन्डिया, देवों के देव महादेवलगायत टीभी सिरियल्समा काम गरिसकेकी छन् । अभिनेत्री प्रीतिका र ड्रग पेडलर फैजल दुवैलाई ५ नोभेम्बरसम्मका लागि न्यायिक हिरासतमा राखिएको जानकारी गराइएको छ ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि उनको सुसाइडको कारण पत्ता लगाउनका लागि एनसीबीलाई केस जिम्मा लगाइएको छ । अभिनेता सुशान्तको आफ्नो अपार्टमेन्टमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

उनको परिवारले सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएको छ । यस विषय एनसीबीले गहिरो अनुसन्धान गरिरहेको