मंगलबार , मंग्सिर २१, २०७८

दशै २०७७ काे बिदाई फाेटाेफिचर यि तस्विर सामाजिक सञ्जालमा राखियका हुन

कार्तिक १०, २०७७ सोमबार 191

दशै २०७७ काे बिदाई फाेटाेफिचर यि तस्विर सामाजिक सञ्जालमा राखियका हुन

बर्दिया कात्तिक १० । हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो दसैँ । अनि दसैँको पनि सबैभन्दा महत्वपूर्ण र उल्लासमय दिन हो विजया दशमी अर्थात् टीका ।

यो दिन मान्यजनसँग टीका र जमरा लगाएर आशिर्वाद लिने दिन हो । दसैँमा टीका लगाउनकै लागि मानिसहरु विदेशबाट स्वदेश फर्किने र स्वदेशकै शहरबाट गाउँमा मान्यजनसमक्ष पुग्छन् ।

दसैँ आपसमा भेटघाट र खुशी साटासाट गर्ने दिन पनि हो । वर्षभरि आआफ्ना काममा व्यस्त हुनेहरु दसैँमा टीका लगाउन भेट गर्ने गर्छन् । तर यो वर्षको दसैँ विगतमा जस्तो छैन ।

कोरोना भाइरसको महामारीबाट जोगिन मानिसहरुबीच दूरी कायम गर्नुपर्नेछ यसवर्ष । त्यसैले दसैँको टीका विगतमा जस्तो उल्लासपूर्ण छैन । मान्यजनको हातबाट टीका लगाउनेहरुले पनि मास्क लगाएर आफ्नो मुस्कान छोप्न बाध्य छन् ।