Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

सल्यानको ६ स्थानीय तहमा अस्पताल निर्माणका लागि ५ करोड ८५ लाख निकासा

 

2020 Friday october 9

सल्यान असोज २३

सल्यानका स्थानीय तहरुमा १५ बेड र १० शैयाको अस्पताल निर्माणका लागि ५ करोड ८५ लाख रुपैयाँ निकासा भएको छ । जिल्लाको ५ वटा स्थानीय तहमा १५ शैयाको र एउटा स्थानीय तहमा १० शैयाको अस्पताल निर्माण हुन लागेको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गर्दै अर्थ मन्त्रालय मार्फत रकम निकासा भइसकेको जानकारि दिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कपुरकोट स्वास्थ्य चौकी, दार्मा गाउँपालिका स्थित भालाचौर स्वास्थ्य चौकी, कुमाख गाउँपालिका स्थित मर्मपरिकाँडा स्वास्थ्य चौकी, कालीमाटी गाउँपालिका स्थित कालिमाटी स्वास्थ्य चौकी र बनगाड कुपिण्डे नगरपालिका स्थित देवस्थल स्सवास्थ्य चौकीलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाइँदैछ भने सिद्धकुुमाख गाउँपालिका स्थित कालागाउँ स्वास्थ्य चौकीलाई १० शैयाको अस्पताल बनाइँदैछ ।

अस्पताल नभएका स्थानीय तहहरुमा ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय स्वास्थय तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्सतरबाट २०७७ साउन २८ मा गरेको थियो । १५ शैयाको अस्पतालका लागि एक करोड र १० शैयाको अस्पतालको लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी कार्तिक मसान्त सम्म अस्पताल निर्माण प्रक्रिया शुरु गर्न मन्त्रालयले अनुरोध गरी पत्राचार गरेको जिल्लाका स्थानीय तहहरुले जानकारि दिएका छन् ।