सोमबार , मंग्सिर १३, २०७८

७६ मा किनेर १३० मा बेच्दा पनि नेपाल आयल निगम नि’रन्तर घा’टामा कसरी जान्छ ?

कार्तिक ८, २०७८ सोमबार 86

७६ मा किनेर १३० मा बेच्दा पनि नेपाल आयल निगम नि’रन्तर घा’टामा कसरी जान्छ ?

काठमाडौँ : पछिल्लो समय नेपाल आयल निगम निरन्तर घाटामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धि र डलरले निगमलाई साढे तीन महिनामै आठ अर्ब ८९ करोड घाटा भएको छ ।

अहिले भइरहेको घाटा निगमले सञ्चित नाफाबाट पूर्ति गरिरहेको छ । तर यही रफ्तारमा नोक्सानी बढे २/३ महिनापछि ऋण लिएर आपूर्ति गर्नुपर्ने अवस्था आउने निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य थप बढ्ने क्रममा छ । वृद्धि रफ्तारमा बढिरहे सञ्चित मुनाफाले दुई महिना पनि धान्दैन,’ साहले भने,

‘त्यसपछि ऋण लिएर आपूर्ति व्यवस्था मिलाउनुपर्छ ।’ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धन आयात गरेर बिक्री गर्दै आएको छ ।

पछिल्लो पटक आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । खरिद मूल्यमा अत्यधिक कर जोडिँदा सर्वसाधारणलाई मार परिरहेको छ । निगम पनि नोक्सानमा गइरहेको छ ।

आईओसीले पठाएको मूल्यअनुसार जुलाई १६ मा १ अर्ब १२ करोड ६४ लाख, अगस्ट १ मा १ अर्ब २१ करोड ३९ लाख, अगस्ट १६ मा ९६ करोड ९ लाख रुपैयाँ घाटा भएको निगमको तथ्यांक छ ।

सेप्टेम्बर १ मा ८१ करोड ३० लाख, सेप्टेम्बर १६ मा १ अर्ब ५ करोड २ लाख, अक्टोबर १ मा १ अर्ब ५० करोड ७३ लाख र अक्टोबर १६ मा २ अर्ब २२ करोड ६ लाख रुपैयाँ नोक्सान भएको निगमले जनाएको छ ।

‘आईओसीले अक्टोबर १६ मा पठाएको नयाँ मूल्यसूचीअनुसार १५ दिनमै २ अर्ब २२ करोड नोक्सान देखिएको छ । संस्थानले यसरी लामो समयसम्म थेग्न सक्दैन,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘अब निगमको सञ्चित पुँजी धेरै छैन ।

घाटा यस्तै रहे संस्थान सञ्चालन गर्न सक्दैनौं ।’ यसअघि निगम २०५९/६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो । त्यसयता निगम निरन्तर घाटामा थियो । २०६५/६६ सालमा भने निगमको नाफामा ३ अर्ब ११ करोड रुपैयाँ थियो