सोमबार , कार्तिक १, २०७८

राप्रपा अध्यक्ष थापा काेराेना संक्रमण मुक्त

कार्तिक ९, २०७७ आइतबार 39

राप्रपा अध्यक्ष थापा काेराेना संक्रमण मुक्त

काठमाडौँ, कार्तिक ९। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कमल थापा काेराेना संक्रमणमुक्त हुनुभएकाे छ । उहाँ आइतबार ओम अस्पताल अस्पतालबाट डिस्चार्ज हुनुभएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

अध्यक्ष थापामा  कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि गत असोज ३० गते उहाँ हस्पिटल भर्ना हुनुभएकाे थियाे । एक साताभन्दा लामाे उपचारपछि  थापाको स्वास्थ्यमा उल्लेख सुधार देखिएकाे र आइतबार उहाँ डिस्चार्ज भएर घर फर्किनुभएकाे जनाइएकाे छ ।

 

थापामा टाउको दुख्ने, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि काेराेना परीक्षण गराउँदा पाेजेटिभ देखिएकाे थियाे । करिब १० दिन उहाँकाे सघन उपचार कक्षमा राखेर उपचार गरिएको र काेराेना रिपाेर्ट नेगेटिभ अाएपछि डिस्चार्ज गरिएकाे जनाइएकाे छ ।