सोमबार , मंग्सिर १३, २०७८

बा’ढी प’हिराे : ८८ को मृ’त्यु पुष्टि, ३० जना बे’पत्ता

कार्तिक ४, २०७८ बिहिबार 65

बा’ढी प’हिराे : ८८ को मृ’त्यु पुष्टि, ३० जना बे’पत्ता

काठमाडाैं । बेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृ’त्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृ’त्यु पुष्टि भएको थियो ।

विपदमा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृ’त्यु भएको छ । इलाम र डोटीमा १३/१३ जनाको मृ’त्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्ष’ति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।

विपदबाट २० जिल्ला प्रभा”वित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेप’त्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ । रासस