सोमबार , मंग्सिर १३, २०७८

झापाका नक्क’ली डिएसपी निलम भट्टराई सुर्खेतमा प’क्राउ

कार्तिक ४, २०७८ बिहिबार 87

झापाका नक्क’ली डिएसपी निलम भट्टराई सुर्खेतमा प’क्राउ

सुर्खेत : झापाका न’क्कली प्रहरी नायब उपरिक्षक डिएसपीको परिचय देखाएर विभिन्न पेशाहरुमा जागिर लगाइदिने भन्दै ठ’गी गर्ने निलम भट्टराई सुर्खेतमा पक्रा’उ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलाबाट १३ लाख ठ’गेको उ’जूरीको आधारमा उनलाई सुर्खेत प्रहरीले पक्रा’उ गरेको हो ।
 
दशैँमा दैलेख ससुराली आएको भट्टराईलाई वीरेन्द्रनगर–४ रातोपुलबाट पक्रा’उ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम विष्टले नेपालीरैबारलाई जानकारी दिए ।

‘हामीलाई एक महिना अगाडी नै महानगरीय प्रहरी अप’राध महाशाखा काठाडमौंले विभिन्न वहानामा ठ’गी गर्ने भट्टराई सुर्खेतमा रहेकाले पक्रा’उ गर्न पत्र पठाएको थियो,’ विष्टले भने,

‘कुनै जिल्लामा डिएसपी र कुनै जिल्लामा पत्रकार हुँ भन्दै रकम अशुल्ने उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।’ प्रहरीले उनको साथबाट डिएसपी लेखेको नक्कली परिचय पत्र समेत फेला पारेको छ ।जागिर लगाई दिने प्रलोभन दिएर ठगी गरेको धेरै उजूरी रहेको जानकारी मात्रै थाहा ।

पाएकाले थप आवश्यक कानूनी कारवाहीका लागि काठमाडौं नै पठाइएको प्रमुख विष्टले बताए । सुर्खेत आसपासका क्षेत्रमा लुकेर बसेको सूचना यसअघि नै प्राप्त भएपनि मंगलबार मात्रै पक्राउ गर्न सफल भएको उनको भनाई छ ।

भट्टाराईले दैलेख, सुर्खेत, बाँके, बर्दिया र काठमाडौंका नागरिकहरु बढी ठ’गिएको खुलेको छ । उनको चालचलन हेर्दा पनि प्रहरीकै डिएसपी जस्तै देखिने खालको रहेछ, त्यसैले नागरिकहरु सहजै ठ’गिएको हुनसक्छन्

यसको विस्तृत कारवाही प्रक्रिया काठमाडौंमा हुने भएकाले नेपालगञ्जबाट हवाइ जहाजबाट काठमाडौं बुझाइसकेको प्रमुख विष्टले बताए ।उनकाअनुसार भट्टराई यसअघि कोहलपुर बसपार्कमा रहेका पसलमा आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम मागेको आरोपमा प’क्राउ परिसकेका व्यक्ति रहेको खुलेको छ