Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

मुकेश चाैरसियाकाे हत्यारालाई कारबाहि गर्न प्रचण्डकाे माग

कठमाण्डाै कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुकेश चौरासियाको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले एक बिज्ञप्ति जारी गर्दै मुकेशको हत्याको सम्बन्धमा यसअघि नेकपा पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी गरिएको बक्तव्यलाई समर्थन गर्ने बताउनु भएको छ ।

उहाँले पार्टी केन्द्रको अध्यक्षको हैसियतले हत्याराको कानुनी कारवाहीका लागि सरकारसँग जोडदार माग राखेकाे बताउनु भएकाे छ । हत्या जस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले मुद्धा दर्ता गर्नु आनाकानी गरेको प्रति आफू आश्चार्यमा परेको बिज्ञप्ति मार्फत अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

गत कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो।