सोमबार , मंग्सिर १३, २०७८

कम्पनीले नक्क’ली टिकट दिएर विमानस्थलमा अलपत्र नेपालीको एनआरएनएद्वारा उद्दार गरि स्वदेश फिर्ता।

अषोज ३१, २०७८ आइतबार 89

कम्पनीले नक्क’ली टिकट दिएर विमानस्थलमा अलपत्र नेपालीको एनआरएनएद्वारा उद्दार गरि स्वदेश फिर्ता।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको शिलसिलामा मलेशियामा काम गर्न आएका एक नेपाली कामदारको गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेशियाले सकु”शल उद्दार गरि स्वदेश फर्काएको छ।

मोरङ बरदङ्गा-९ का ४२ बर्षिय नेपाली श्रमिक जितेन्द्र प्रसाद यादब घर खर्च कमाउन ७ बर्ष अघि मलेशियाको भास्तु म्यानेजमेन्ट प्राईभेट लिमिटेड मार्फत मलेशियाको गास्तोन भेन्चर एसडिएन.बिएचडी कम्पनीमा आएका थिए।

रोजगार सम्झौता करार अवधी सकिए पनि कम्पनिले स्वदेश फर्किन नदिएको बताएका छन। गत बर्ष बुवा आमा दुबै जनाको मृ’त्यु हुदा सम्म छुट्टी दिएन। ” जितेन्द्रले भने”अभिभावक गु’माउदाको पि’डामा समेत कम्पनिले घर जान नदिएर शोष’ण गरेको कम्पनी माथी उनको आरोप छ।

आफुलाई घर पठाउन बारम्बार अनुरोध गरेपछि गत सेप्टेम्बर-२४ मा कम्पनीले टिकट दिएर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा पुर्‍याई दियो। तर त्यो एयरलाइन्सको टिकट फर्जि (नक्कली) भएको काउन्टरमा पुगे पछि मात्र आफुले थाहा पाएको सुनाए।

विमान स्थलमै अलपत्र परेका यादबको नेपाली राजदुतावास मलेशियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढासंग भेट भएको थियो। जितेन्द्रले आफ्ना सबै समस्याहरू बताएपछि बुढाले कम्पनिमा सम्पर्क गरेर टिकट मिलाई दिन आग्रह गरेका थिए, तर कम्पनीले वास्ता नगरेको उनले दिएको निवेदनमा उल्लेख छ।

यसरी उद्दा’रका लागि भौतारिएका यादबको नेपाली राजदुतावासको समन्वयमा गैर आवासीय नेपाली संघले शुक्रबार उनको उ’द्दार गरि नेपाल फर्काएको छ। भने टिकट, पिसिआर टेस्ट लगायतका खर्च पनि संघले उपलब्ध गराएको स्वयंसेवक गोबिन्द घर्ती मगरले मलाया खबरलाई जानकारी दिनुभयो।
स्रोत:मलाया खबरबाट