सोमबार , मंग्सिर १३, २०७८

ट्राफिक प्रहरीलाई घु’स दिन खोज्ने चालक प’क्राउ

अषोज ३१, २०७८ आइतबार 63

ट्राफिक प्रहरीलाई घु’स दिन खोज्ने  चालक प’क्राउ

उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना स्कुटी चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाई घुस दिन खोजेको अभियोगमा जिल्लाको बेलका नगरपालिका–५ बस्ने प्रेम कुमार राइलाई प्रहरीले पक्राउ गरको हो ।

ईकाला प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरबाट घुम्ने स्थित मदन भण्डारी लोकमार्गमा सम्म संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादैँगरेको प्रदेश १–०२–०४२ प.८४२४ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरेको थियो ।

 
प्रहरीले सो स्कुटी चेकजाँच गर्दा हेल्मेट समेत नलगाई तीनजना सवार रहेको साथै स्कुटीको सवारी दर्ता किताव , सवारी चालक अनुमति पत्र समेत नभएको र चालकले मा’दक प’दार्थ समेत से’वन गरेको थियो ।

ट्राफिक प्रहरीलाई स्कुटी चालक राईले आर्थिक प्रलोभन देखाई नगद रु पाँच सय घुस दिन खोजेकोले स्कुटी चलाक र स्कुटीलाई ईलाका प्रहरी कार्यालय रामपुरमा ल्याई आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ