सोमबार , मंग्सिर १३, २०७८

पोखरामा घर भइ अष्ट्रेलियामा रहेका सन्जोग गुरुङ्गको नि’धन

अषोज ३१, २०७८ आइतबार 94

पोखरामा घर भइ अष्ट्रेलियामा रहेका सन्जोग गुरुङ्गको नि’धन

केही समयदेखि स्वा’स्थ्य सम’स्याका कारण उपचारार्थ एक नेपाली युवकको नि’धन भएको छ । ४१ वर्षिय सन्जोग गुरुङ्गको उ’पचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।

सन्जोगलाई लागेको रो’गका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो । सन्जोगलाई पेट सम्बन्धी रो’ग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो ।

उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो ।

समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ ।
अक्टोबर १९ तारिख बिहान साढे १० बजे लि’पिङ्गटनमा सन्जोगको अन्तिम सं’स्कार गरिने तय भएको छ ।

यो पनि पढ्नुहोस –भिक्टोरियामा पछिल्लो समय को’रोना संक्रमणदरमा कमी देखिएको छ । शनिबारको तुलनामा आइतबार को’रोना भाइरसका संक्रमितको संख्या केही कम देखिएको हो ।पछिल्लो २४ घण्टामा गरिएको ७३ हजार ५०१ जनाको को’रोना परीक्षण गर्दा १८३८ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, गएको २४ घण्टामा भिक्टोरियामा को’रोना संक्रमणबाट थप ७ जनाको मृ’त्यु समेत भएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ३०१ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६९ हजार १०७ परीक्षणमा ती व्यक्तिमा को’रोना संक्रमण पुष्टि भएको हो ।