Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

भारतिय प्रधानमन्त्रिकाे सन्देश लियर रअ प्रमुख आयकाे शंकर पाेख्रेलकाे दावि

काठमाडौं, कात्तिक ९ । सत्तारूढ दल भित्रनै प्रधानमनत्रिकाे तिब्र आलाेचना भय पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्रीको सन्देश लिएर दूतका रुपमा आएको दावी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको उल्लेख गर्नु भएको छ ।

भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ र विपक्षी पार्टीबाट त्यसको चर्को विरोध भइरहेका बेला पोखरेलले भने प्रधानमन्त्रीको बचाउमा अभिव्यक्ति दिनुभएको हो ।

उहाँले यो भेटलाई विरोधका रुपमा मात्रै नहेर्न समेत आग्रह गर्नुभएको छ । आफ्ना प्रधानमन्त्रीमाथि विश्वास र भरोसा गर्न आग्रह गर्दै यो भेटलाई अतिरञ्जीत बनाउन नहुने तर्क समेत गर्नुभएको छ ।