सोमबार , मंग्सिर १३, २०७८

विप्लवका दाई वीरजङ्गको मृ’त्यु हार्दिक श्रदा’न्जलि

अषोज २९, २०७८ शुक्रबार 90

विप्लवका दाई वीरजङ्गको मृ’त्यु हार्दिक श्रदा’न्जलि

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य तथा वर्तमान केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को मृ’त्यु भएको छ । ६१ वर्षको उमेरका वीरजङ्ग नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाई हुन् ।

विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चा’यती निरङ्कु’शता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयु’द्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जे’ल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रो’गले गाँजेको थियो ।

दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो ।प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्र’मणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती उनको दुः’खद् नि’धन भएको हो ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्ति’कारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।नेता वीरजङ्गको श’व अस्पतालबाट भोलि नेपाल ल्याइने र उनको हाल बसोबास रहेको कपिलवस्तु शिवगढीस्थित घरमा श्रदा’ञ्जलीका लागि राखिने छ ।

पार्टी महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता र जनसमुदायबीच श्रद्धा’ञ्जलीसभा आयोजना गरिने पार्टीको केन्द्रीय स्रोतले जनाएको छ ।