बिहिबार , कार्तिक ४, २०७८

दशै मा फेरि कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृ’त्यु, तीन घा’इते

अषोज २८, २०७८ बिहिबार 57

दशै मा फेरि कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृ’त्यु, तीन घा’इते

वीरगन्ज : बाराको कोल्हवीमा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । कार चालकसहित तीजना घाइते भएका छन् । कोल्हबी नगरपालिकामा पर्ने कोल्हबी तामागढी सडकखण्डमा बुधबार राति साढे ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको कोल्हबी नगरपालिका २ का ३८ वर्षीय पेमा दोर्जे घिसिङ र मोटरसाइकलमा सवार त्यहि ठाँउका ४० वर्षीय डेनी स्याङताङबो रहेका छन्।

तामागढीबाट कोल्हबीतिर गइरहेको बा ११ च ४५११ नम्बरको कारले विपरित दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकलमा सवार घिसिङ र स्याङताङबो दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

घाइते हुनेहरुमा कारका चालक कोल्हबी २ का ४५ वर्षीय बद्री अधिकारी, कारमा सवार १८ वर्षीय रोहीत पण्डित र २५ वर्षीय विवेक चौधरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।घाइते कार चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बिहीबार बिहान कोल्हबी बजारमा प्रदर्शन पनि गरेका थिए ।उनीहरुले केहिबेर सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए । अहिले भने बजारको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले बताए ।