बिहिबार , कार्तिक ४, २०७८

दुर्घटनाका सबै घाइतेको उपचार निःशुल्क गर्ने देउवाको घोषणा, मृतक परिवारलाई राहत दिने घोषणा !

अषोज २७, २०७८ बुधबार 43

दुर्घटनाका सबै घाइतेको उपचार निःशुल्क गर्ने देउवाको घोषणा, मृतक परिवारलाई राहत दिने घोषणा !

काठमाडौं –नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घट’नाका घाइ’तेको उपचार सरकारले निःशुल्क गर्ने घोषणा गरेका छन् ।

मुगुमा ठूलो दुर्घटनामा ३२ जनाको मृ’त्यु भएर देश रोइरहेको बेला प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत सहानुभूति दिँदै सबैको उपचार निःशुल्क गर्ने घोषणा गरे ।

देउवाले फेसबुकमा लेखेका छन्, ‘दुर्घटनामा मृ’त्यु भएका मृ’तकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निःशुल्क उपचार सरकारले गर्नेछ ।’प्रधानमन्त्री देउवाले मृ’तक परिवारलाई उचित राहत दिने घोषणा समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घट’नाले म स्तब्ध भएको छु । दुर्घट’नामा ज्यान गुमाउनेप्रति श्रद्धा’ञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति सम’वेदना प्रकट गर्दछु । दुर्घटनामा मृ’त्यु भएका मृ’तकका परिवारलाई उचित राहत र घा’इतेको उद्दार एवं निःशुल्क उपचार सरकारले गर्नेछ

सडक दुर्घ’टना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु ।’