बिहिबार , कार्तिक ४, २०७८

हार्दिक श्रदान्जलि ट्याक्टर दु’र्घटना,एमाले जिल्ला अध्यक्षका छोराको मृ’त्यु

अषोज २७, २०७८ बुधबार 61

हार्दिक श्रदान्जलि ट्याक्टर दु’र्घटना,एमाले जिल्ला अध्यक्षका छोराको मृ’त्यु

बैतडी: महाकाली राजमार्गमा ट्याक्टर दुर्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट सतबाँझ,प्रहरी जवान मोहन विष्टका अनुसार डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्याक्टर दोगडाकेदार गाउँपालिका ३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घट’नामा परेको हो ।

मृ’त्यु हुनेमा ट्याक्टर चालक बैतडीको डिलाशैनी गाउँपालिका ३ का २३ वर्षीय योगेश पाल रहेका छन् । मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेका बुझिएको छ । योगेशको उपचारको क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोम मृ’त्यु भएको हो ।

सोही ट्याक्टरमा सवार रहेका डिलाशैनी ३ कै राकेश कोलीले हाम फालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते रहेका छन् । दुर्घ’टनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ भन्ने जानकारि पाएका छौ