Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

प्रधानमन्त्रिबाटनै राष्ट्रिय स्वाधिनता कमजाेर पार्ने काम भयाे – प्रवक्ता नारायणकाजि

काठमाडाैँ कार्तिक ९ । सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पूर्व-परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत बुधबार राति भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाेकाे ‘गुप्त’ भेटले राष्ट्रिय स्वाभिमानलाई कमजाेर बनाउने बताउनुभएकाे छ ।

उहाँले कूटनीतिक मर्यादा विपरीत प्रधानमन्त्रीले विदेशी जासुसी अधिकारीलाई बाेलाएर भेट्नु देशकाे सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने हर्कत रहेकाे बताउनुभएकाे हाे ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएकाे छ, ‘मेरो विचारमा  नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले विनाकुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो ।’

उहाँले नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्ने बताउँदै तर त्यसाे नभएकाे स्पष्ट भइसकेकोले याे राष्ट्रिय स्वाभिमान विपरीत रहेकाे धारणा राख्नुभयाे ।