Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

नेकपा नेता प्रभाकर दम्पत्तिलाई काेराेना संक्रमण

काठमाडौं कार्तिक ९ गते । नेकपाका प्रभावशालि नेता जनार्दन शर्मा ‘प्रभाकर’ र उनकी पत्नी लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार काठमाण्डाैमा गरिएको परीक्षणमा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो । नेता शर्मालाई हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको बताईएकाे छ ।

नेकपा नेता शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण भएको जानकारी गराउनु भएकाे छ । उहाले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन समेत प्रभाकरले अनुरोध गर्नु भएकाे छ । पूर्व गृहमन्त्रीसमेत रहेका प्रभाकर आफुमा संक्रमण देखिए लगत्तै होम आइसोलेसनमा बस्दै आाउनु भएकाे छ ।