बिहिबार , कार्तिक ४, २०७८

प्रथम राइजिङ्ग कालिका खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

अषोज १५, २०७८ शुक्रबार 13

प्रथम राइजिङ्ग कालिका खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

बडा दशैंको अबसरमा राइजिङ्ग कालिका युथ क्लबको आयोजनामा प्रथम राइजिङ्ग कालिका खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।

बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं ८ स्थित शिलाबजारमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने तय भएको छ ।

यहि असोज १८ गतेदेखि सुरु हुने प्रतियोगिता असोज २३ सम्म सञ्चालन हुने छ। प्रतियोगितामा बर्दिया र बाँकेका खेलाडीहरू सहभागी लिन पाउने आयोजक कमिटीले जनाएको छ ।

 

यस प्रतियोगितामा भाग लिनु रू २५५० इन्ट्री फि लाग्ने आयोजकले बताएको छ ।
प्रतियोगिताका सबै खेलहरु बढैयाताल गाउँपालिका वडा नं ८ स्थित सिलाबजारको शितला मन्दिर परिसरको ब्याडमिन्टन कोर्टमा हुने छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रू २५००० सहित ट्रफी , प्रमाण पत्र र मेडल रहेको छ भने द्वितीय पुरस्कार रू ११००० सहित ट्रफी, प्रमाण पत्र र मेडल तथा तृतीय पुरस्कार प्रमाण पत्र र मेडल रहेको छ ।