बिहिबार , कार्तिक ४, २०७८

पशुपतिनाथ क्षेत्रमा खुकुरी हानाहान , यस्तो के भयो हे भगवान ( भिडियो सहित)

अषोज १२, २०७८ मंगलबार 30

पशुपतिनाथ क्षेत्रमा खुकुरी हानाहान , यस्तो के भयो हे भगवान ( भिडियो सहित)

पशुपतिनाथ क्षेत्रमा खुकुरी हानाहान , यस्तो के भयो हे भगवान ( भिडियो सहित)

 

काठमाडौँको पशुपतिनाथ क्षेत्रमा खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

 

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको प्रहरीको भनाई छ ।

 

 

 

महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरका अनुसार विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै गर्दा खुकुरी प्रहार भएको हो । अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको राठौरको भनाई छ ।

 

 

 

एकजनाले सन्तोष बाबासँग ‘माल (गाँजा) निकाल’ भनेको र सन्तोषले छैन भनेपछि खुकुरी प्रहार गरेर भागेको प्रहरीको भनाई छ । घाइते सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

 

 

महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।