बिहिबार , कार्तिक ४, २०७८

पशुपतिनाथ क्षेत्रमा खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

अषोज १२, २०७८ मंगलबार 24

पशुपतिनाथ क्षेत्रमा खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

पशुपतिनाथ क्षेत्रमा खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

 

मङ्लबार, अशोज १२, २०७८

 

 

 

Nuwakot Express

Trending Now

सुचना र प्रविधी शिक्षा राष्ट्रीय समाचार महत्वपुर्ण टिप्स बिकास/निर्माण पर्यटन ऊर्जा breaking news

 

 

काठमाडौँको पशुपतिनाथ क्षेत्रमा खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको प्रहरीको भनाई छ ।

 

महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरका अनुसार विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै गर्दा खुकुरी प्रहार भएको हो । अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको राठौरको भनाई छ ।

 

एकजनाले सन्तोष बाबासँग ‘माल (गाँजा) निकाल’ भनेको र सन्तोषले छैन भनेपछि खुकुरी प्रहार गरेर भागेको प्रहरीको भनाई छ । घाइते सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

 

महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।