बिहिबार , कार्तिक ४, २०७८

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना : महिलाको मृत्यु

अषोज ११, २०७८ सोमबार 36

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना : महिलाको मृत्यु

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना : महिलाको मृत्यु

 

 

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना : महिलाको मृत्यु

 

अनलाइन नेपाल

आइतबार, असोज १० २०७८

 

2.1K

SHARES

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button

मोटरसाइकलको पांग्रामा सारी बेरिँदा दुर्घटना : महिलाको मृत्यु

 

file photo

बैतडी । मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन्।

 

पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

 

 

 

 

“मोटरसाइकल पल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्”, ओझाले भने, “सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठोक्किएको थियो।”

 

 

 

घाइते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ।