बिहिबार , कार्तिक ४, २०७८

एमालेमा प्रचण्डकाे इन्ट्री ? भर्खरै आयो यस्तो जानकारी, हेर्नुहोस्

अषोज १०, २०७८ आइतबार 39

एमालेमा प्रचण्डकाे इन्ट्री ? भर्खरै आयो यस्तो जानकारी, हेर्नुहोस्

काठमाडौं।

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डलाई एमालेमा स्वागत गर्न तयार रहेको नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समुहले बताएको छ ।गल्ती स्वीकार गरेमा प्रचण्डलाई एमालेमा स्वागत गर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका हुन् ।गल्ती महशुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टी भित्र स्वागत गरिनेछ आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो भनेका हुन् ।यद्यपि मन्त्री गुरुङले गुटगत गतिविधि गर्नेलाई भने प्रवेश गर्न नदिने बताएका छन् ।माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए।उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, का’ रबाही फुकुवा गर्नुभएछ, तपाईं का’ रबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो रु भनेर जिज्ञासा राखेका थिए।

त्यसको जवाफमा ओलीले हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ।दाहालले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई का’ रबाही फु’ कुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जनाएको छ।करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका दाहालले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आ’ ग्रह गरेका थिए।

तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि दाहालेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।तर त्यसको जबाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए।

नागरिक दैनिकबाट