कार्यकर्ता हत्याकाे जाहेरि नबुझ्नु सरकारकै कमजाेरि- प्रवक्ता बिश्व प्रकाश शर्मा
काठमाडौं कार्तिक ८ । नेपालि कांग्रेसले पर्सा घटनालाई लिएर सरकारकाे तिब्र आलाेचना गरेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तोअपेक्षा राख्ने ? भन्दै प्रश्न गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै यही असोज ६ गते विहीबार पर्सामा नेकपाको स्थानीय दुई समूहबीच भएको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीवार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’
त्यस्तै, जारी विज्ञप्तीमा पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसीयाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी कार्वाही गर्नका लागि माग पनि गरिएको छ ।
यसका साथै, नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य भएता पनि नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्रीकै जिल्ला झापामा यसबीचमा कयौंको हत्या भएको छ । प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसबीचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन् ।
पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ ।’
यसका साथै घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएपनि ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय भएको जनाएको छ ।