बिहिबार , कार्तिक ४, २०७८

कोरोना भन्दा खतरनाक रोग विश्व भरि फैलिदै , नेपाल पनि देखिन सुरु

अषोज १०, २०७८ आइतबार 57

कोरोना भन्दा खतरनाक रोग विश्व भरि फैलिदै , नेपाल पनि देखिन सुरु

काठमाडौं

 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो ।

यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसलाई एवाई १ नाम दिइएको छ।

 

 

मन्त्रालयले उक्त भेरियन्ट परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको समन्वयमा भारतमा रहेको प्रयोगशालामा पठाएको थियो ।

यस क्रममा जेठमध्यदेखि असार मसान्तसम्मका देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलित थिए ।

यो म्युटेसन कुन देशबाट सुरु भयो भन्ने यकिन नभए पनि हालसम्म १० देशमा देखिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, अमेरिका, बेलायत, रुस, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो म्युटेसन देखिएको छ। नेपालमा यसअघि पनि ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।